FAQs Complain Problems

वडा नं. ३

संक्षिप्त परिचयः
देश संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा गइसकेको अवस्थामा नेपालको संविधान २०७२ को कार्यन्वयन गर्ने शिलशिलामा संघ,प्रदेश र स्थानीय तह गरी तीन तहको शासकिय स्वरुपमा रहेको छ । नेपाल सरकारले स्थानीय निकाय विघटन तथा स्थानीय तहको पुनसंरचना र  निर्वाचन भए पश्चात ७५३ स्थानीय तह मध्ये ६नं प्रदेश अन्तरर्गत रुकुम(पश्चिम) को सानीभरी गाउँपालिका एक हो । यस गाउँपालिका रहेका ११ वटा वडाहरु मध्ये भौगोलिक तथा जनसंख्याको हिसावले ठूलो वडा न. ३ (साविक गरायला गाविस का १,२,३ र ८ वडाहरु कायम गरी बनेकाे पूर्वमा बाफिकोट गाउँपालिका ३,९,र १० वडाहरु,पश्चिममा सानीभेरी गा.पा.वडा न. ४ र  आठवीसकोट नगरपालिका न. १४ र १३ उत्तरमा सानीभेरी वडा नं ५,६ दक्षिणमा मुसिकोट नगरपालिका वडा नं १४, १५ र सानीभेरी गाउँपालिका वडा न.७,८,९ भौगोलिक क्षेत्रभित्र पर्ने प्राकृतिक, धार्मिक,राजनीतिक,सामाजिक तथा ऐतिहासिक महत्तका दृष्टिकोणले एक अनुपम हो ।
ऐतिहासिक पृष्ठभूमिः
बाइसे चौविसे राज्यमध्ये जाजरकोटी र बाफिकोटे राजाहरुको शासन बाट प्रत्यक्ष प्रभावित यहाँका जनताको मुख्य पेशा कृषि तथा पशुपालन हो । माथिल्लो मौराखाराको भाग पाखो चाहर जमिन ,जङगल  र तल्लो सानीभेरी नदिको किनारामा ज्यामिरे,गरायला,बेल्टापु ज्युलाहरु गरा परेका खेत भएर यस ठाउँको नाम गरायला रहन गएको हो  । मध्य पहाडी लोकमार्गको निमार्ण सँगै पुरानो झोलुङगे पुल निमार्णाधिन मोटरेवल पुलले   राज्यको पहुच तथा भौगोलिक रुपमा पछाडि परेकोमा यस ठाउँको शोभा सहित व्यापारीक क्षेत्र पुल पेदी बजार रुपमा परिचित भएको छ । 
अवस्थितिः
रुकुम(पश्चिम)को संघको एक र प्रदेशको लागी २ नं निर्वाचन क्षेत्रमा पर्ने सानीभेरी तथा मोराखारा लेक बीचमा पर्ने ३ नं वडा को भौगोलिक अवस्थिति विश्व मानचित्रमा २८०.२९देखि २८०.४३उत्तरी अक्षांश र ८२०.१६ देखि ८२०.३० पूर्वी देशान्तरमा पर्दछ ।  सानीभेरी गाउँपालिकाको उत्तरी क्षेत्रमा पर्ने यस वडाको क्षेत्रफल 25.903 वर्ग कि.मि रहेको छ ।
भौगोलिक वनावटः
यस वडाको भौगोलिक आधरमा २ भागमा बाड्न सकिन्छ ।
(क) पहाडी भागः यस वडाको माथिल्लो धेरैजसो भाग वनजङल भिरालो जमिनले ढाकेकोले उव्जाउ कम मात्रामा मकै, गहँु,कोदो, जौ, आलु आदि बालीहरुकोे उत्पादन गरिन्छ ।
(ख) ज्युला(बेशी)भागः यस वडाको सानीभेरी नदिको किनारमा रहेको भूभाग समथर,सीचाई सुविधा भएकोले खाद्य बाली (धान,गहुँ,मकै,)साथै तरकारीबाली (मास,आलु,खुर्सानी,अदुवा,तोरी आदि)उत्पादन राम्रो हुन्छ ।

Population: 
४२०४
Ward Contact Number: 
9844915543