FAQs Complain Problems

वडा नं. ६

सानीभेरी गाउँपालीका वडा नं. ६ को संक्षिप्त परिचय ः
नेपाल अधिराज्यको ६ नं. प्रदेश अन्र्तगत पश्चिम रुकुम जिल्लाको सानीभेरी गाउँपालीका वडा नं ६ मध्ये सदरमुकाम मुसिकोट नगरपालीका बाट ८ कोष टाढा रहेको यस वडा नं. ६एक हो । यस वडा पश्चिम रुकुम जिल्लाको राजनैतिक विभाजन आनुसार संघको लागी सिङ्गो एक वटा निर्बाचन क्षेत्र पर्दाछ भने प्रदेश निर्बाचन क्षेत्रको लागी २ नं. क्षेत्र रहेको छ । यस वडाको पूर्बमा सानीभेरी गाउँपालीकाको वडा नं.५ र बाँफीकोट गाउँपालीकाको वडा नं...दक्षिणमा सानीभेरी गाउँपालीकाको वडा नं.३ पश्चिममा सानीभेरी गाउँपालीकाको वडा नं.३,४ उत्तरमा सानीभेरी गाउँपालीका वडा नं ५ पर्दछ ।
१. ऐतिहासिक पृष्ठभुमीः
स्थानिय वुढापाखाको भनाई अनुुसार यस ठाउमा पौराणीक किबंदन्ती अनुसार यस सानीभेरी गाउँपालीका वडा नं.६ मा धेरै बर्ष पहिले देउताखोलामा घना जंगल भएको र जतिसुकै वर्षात भएतापनि कहिल्यै पनि पानी धमिलो नहुने भएको हुनाले यस ठाउँलाई देउताखोला भनिएको हो । साथै चारैतिर बाट अग्ला अग्ला डाँडाकाडा हरुले घेरीएको र पेदि बजार देखी भित्र जादा घना कालो जंगल भइदुलो जस्तो भएकोले यस ठाउँको नाम दुलीको नामकरण गरिएको हो । वि.स. २०३९ साल अघि यस ठाउँ तत्तकालीन झुला पञ्चायत मा पर्दाथ्यो भने वि.स. २०४७ सालमा तत्तकालीन झुला पञ्चायतका केही वडा लाई टुक्राई दुली गा.वि.स.को स्थापना भएको र १० बर्षे शशस्त्र माओबादी जनयूद्घ र २०६२।०६३ सालको जनआन्दोलन र शान्ती सम्झौताको फलस्वरुप वि.स.२०७३।११।२७ गते स्थानिय निकाय विगटन भए पश्चायत तत्कालीर्न दुुली गा.वि.स स्थानिय तह मा कार्यन्वयन आए पश्चात तत्कालीन दुली गा.वि.स का वडा नं. २,७,८ लाई गाभेर यस सानीभेरी गाउँपालीकाको वडा नं. ६ देउताखोला दुली रुकुम (पश्चिम) नामाकरण गरिएको हो ।
१.२ अवस्थिति
यस सानीभेरी गाउँपालीका वडा नं. ६ रुकुम जिल्लाको सघं को लागी १ वटा निर्बाचन क्षेत्र हो भने प्रदेश निर्बाचनको लागी निर्बाचन क्षेत्र नं. २ मा देवताखोला बग्ने ठुलो खोलाको किनारमा अवस्थित छ । भौगोलीक अवस्थित अनुुसारयस सानीभेरी गाउँपालीका वडा नं. ६ रुकुम पश्चिम जिल्लाको २८ डिग्री ३९ मिनेट देखी २८ डिग्री ४२ मिनेट उत्तरी अक्षँश र ८२ डिग्री २० मिनेट देखी ४२ डिग्री २० मिनेट देखी ४२ डिग्री २५ मनेट पूर्ब देशान्तरमा रहेको छ । यास वडाको क्षेत्रफल करिब ४५३७५हेक्टर जमिन रहेको छ ।
१.३ भौगोलीक स्वरुप
यस सानीभेरी गाउँपालीका वडा नं.६ जिल्लाको पहाडी भु—भागमा पर्दाछ । यस वडा को बजेनी,लामा थाप्ला लामाथाप्ला,कमारेकोट,मौराखारा,चोतरकाडाँ,लेख भागमा पर्दाछन । भने बिचभागमा कोट,सल्लेरी,छहरा,पर्दाछन ।यस वडाका खोला मा जोगीन खोला,मुरीगार खोला,खेताको खोला,पुरु खोला,डाङ्डुङ्े खोलामा पर्दाछन । वुरापातल बन,डाङ्डुङ्े पातल,घुरेमेला,सिंगा,बयलडाडा, बन रहेको छ । यस सानीभेरी गाउँपालीका वडा नं.६ मा पर्ने बनकोक्षेत्रफल करिब ४०० हेक्टर जंगल रहेको अनुमान छ ।
१.४ भौगोलीक बनवट
भौगोलीक बनवटको आधारमा यस सानीभेरी गाउँपालीका वडा नं. १० भिरालो र पाखो जमिन भएकोले यहा अग्ला अग्ला लेख पर्दाछन । यस वडा लाई ३ भागमा विभाजन गर्न सकिन्छ ।
क) लेख भाग
ख) बिच भाग
ग) बेशी ज्यूला भाग
क) लेख भाग
यस सानीभेरी गाउँपालीका वडा नं. ६ धेरै जसो भु—भाग पाहाडी क्षेत्रले भरिएको छ । भिरालो जमिन भएको हुनाले उव्जाउ र संचित जमिन कम रहेको छ । यस भागमा विशेष गरी यस क्षेत्र अन्र्तगत मौराखारा,बजानी,कमारेकोट,लामाथप्ला,चोत्राकाडा लेख भागमा पर्दछन । भने यस क्षेत्रमा विशेष गरी मकै ,गहुँ जौ कोदो फापर सुन्तला तोरी अदुवा , बेसार ,तरकारी बाली अन्र्तगत सिमी,बोडी, फर्सी ,लगायत अन्य हरिया सागपात उत्पादन हुने गर्दछ । स्थानिय किसानहरुले बस्तुभाउहरु चरण गर्ने र मेलापात गर्ने ठाउँ यहि नै हो यहा जंगली जनवार बाँदर, गोही, स्याल, फ्याउरो, दुम्सी ,खरायो, रतुवा, घोरल, बाघ, जंगली जनवार पाईने गर्दाछन । भने पशुपंक्षीहरुमा कालिज, ढुक्कुर,तित्रा, जुरेली, काग, भगेरी, चिल, गिद्ध,चाखुरा,कोईली, बिभिन्ना किसिमका चराचुरङ्गी पाईन्छन ।
ख) बिच भाग
यस सानीभेरी गाउँपालीका वडा नं. ६ मा उत्पादँनको मुख्य स्थान कम रहेको छ । यस भागमा सिंचित क्षेत्र थोरै भएकोले उत्पादनको दृष्टिमा मध्यम रहेको छ । तथापी यस वडामा रातो र कालो माटो भएको हुदा यहा मकै ,गहुँ,जौ कोदो फापर ,पाखे धान लगायत तरकारी खेतीमा, सिमी ,बोडी ,फर्सी काक्रा लगायत अन्य तरकारी खेतीको लागी मध्यम मानिन्छ । यस क्षेत्रको कोट,घौसेनी , छहरा,सल्लेरी,बिच भागमा मा पर्दाछ । भने यस क्षेत्रमा मुख्य उत्पादनमा गहुँ,मकै,धानखेती र फलफुल केरा, सुन्तला, अदुवा, बेसार, बदाम,तोरी ,मसुरो , चना ,केराउ ,खोर्सानी ,आलुखेतीको लागी महत्वपूर्ण रहेको छ । यस वडाको बिच भागमा सरोकारवाला निकायले ध्यान दिइ सिचाइको गुरु योजना बानाएमा यस क्षेत्रमा बस्ने कृषकहरु निकै लाभन्वित हुने छन ।
ग) बेसी ज्यूला
यस सानीभेरी गाउँपालीका वडा नं ६ बेसी ज्यूलामा उत्पादनको मुख्य स्थान रहेको छ । यस क्षेत्रमा सिंचित क्षेत्र भएकोले उत्पादनको दृष्टिमा निकै महत्वपूर्ण मानिन्छ । यस भागमा नरम र बलौटे तथा उर्बर माटो भएको हुदा धान खेतीको लागी राम्रो मानिन्छ र यस क्षेत्रमा विषेश गरी धान ,गहुँ ,कोदो ,मकै ,जौ ,र तरकारी बालीमा काउली ,बन्दा ,लसुन ,प्याज, टमटर ,मुला ,गाजर ,भन्टा ,लगायत अन्य हरिया सागसब्जीहरु उत्पादन हुने गर्दछन ।
१.५ खोला
क) जोगीन खोला
यो खोलाको मुहान साविक दुर्लाी गा.वि.स.को वडा नं १हाल सानीभेरी गाउँपालीका वडा नं. ५ को धनेखोला र पाटनी जंगलबाट मुहान शुरु भई वग्दाछ । यो खोला भिरालो भएर बहने हुँदा बर्षादमा खहरे खोलाको रुपमा वग्दछ । वर्षादमा आवत जावत गर्न अप्ठ्यारो पर्दाछ भने हिउदमा पानिको मात्रा थोरै हुन्छ । यस खोलाले यस वडाको जोगीनीचौर,धनेगौडा,मुरीगार, भाग सिंचित गर्दछ । यसको लम्बाइ करिब १.५ कीलोमिटिर जती छ । यो खोला सानीभेरी गाउँपालीकाको वडा नं ६ को भाग हुदै मुरीगारमा गएर सानीभेरी गाउँपालीका वडा नं ३ को पेदी बजार हुदै सानीभेरी नदीमा मिसिन्छ ।
ख) खेता खोला
यो खोलाको मुहान साबिक दुलाी गा.वि.स.वडा नं.१ हाल सानीभेरी गाउँपालीका वडा नं.५ को घिउ ढुङ्गा बन बाट े बाट शुरु भएको छ । यस खोलाको बाहव क्षेत्र थोरै भएको हुदा त्यती ठुलो छैन । तथापी यस वडाको बल्लेबास,खेत,छहरा,धनेगौडा, बस्तीमा सिचाइ र खानेपानीको सुबिधा पर्ुयाको छ । यसको लम्बाइ करिब १.५ किलोमिटर जति रहेको छ । यो खोला घिउ ढुंगा हुदै वडा नं.६ को देवताखोला मा मिसिन्छ ।
ग) पुरु खाला
यस खोला साबिक दुली गा.वि.स. वडा नं. ९ हाल सानीभेरी गाउँपालीका वडा नं.५ को दुई खोली मुहान र बुरापातल बाट शुरु भएको छ । यस खोलाको बर्षातमा बाहब धेरै भएकोले आवतजावतमा साना बच्चाबच्चीहरुलाई समस्य गराउछ भने हिउद र गर्मी महिनामा पानिको बाहब धेरै कम हुन्छ । यस खोलामाअसाध्यै रमणीय झरणा पनीे छ । यो खोलाबाट पाल्ने पुरु वाल्ने पुरु चौर बस्तीमा सिचाइ र खानेपानीमा सहयोग पुर्यएको छ । यो खोला करिब २ किलोमिटर लामो छ ।
घ) डाङडुङे खोला
यस खोला (साबिक दुली गा.वि.स. वडा नं.८ हाल सानीभेरी गाउँपालीका वडा नं ६ को लामाथाप्ला देखी शुरु भएको छ । यो खोला वर्षातमा पानीको बाहब धेरै हुन्छ । भने हिउद,र गिष्ममा यस खोलाको बाहब धेरै कम हुन्छ । यस खोलाले वर्षातमा पानी घट, सञ्चालनमा धेरै टेवा पुर्यको छ । यो खोलाबाट डाङडुङे घौसेनी बस्तीमा खानेपानीमा सहयोग पुर्याएको छ ।
ङ) मुरीगार
यस खोला साबिक दुली गा.वि.स.वडा नं.३ हाल सानीभेरी गाउँपालीका वडा नं. ६ को गुदम डाडा बस्तीको जंगल देखी शुरु भई साबिक दुली गा.वि.स. वडा नं.७ को धसुवगरमा खोलामा समाप्त हुन्छ । यो खोलाको बाहब धेरै भएकोले वर्षात आवत जावत गर्न धेरै समस्या बनाएको छ ।यो खोलाबाट प्राप्त मात्रामा पानि घट, मिल, सिचाइ , र १८ किलोवाटको जलविद्युत उत्पादन गर्नको लागी सर्बे गरिएको छ । यो खोलामा माछाको लागी धेरै सम्भाव्य र उत्तम ठाउँ मानिएको छ । यो खोला देवता खोलाको नामले समेत चिनिन्छ ।

Population: 
१३६४
Ward Contact Number: 
9851142824