FAQs Complain Problems

सानीभेरी गाउँपालिकाको संक्षिप्त परिचय

नेपालको ६ नम्बर प्रदेश नम्बर अन्तर्गत पर्ने रुकुम (पश्‍चिम) जिल्लामा अवस्थित सानीभेरी गाँउपालिका नेपालको संविधानको धारा २९५ को उपधारा (३) बमोजिम कायम भएका गाउँपालिका, नगरपालिका मध्ये एक हो । रुकुम जिल्लाको प्रसिद्ध सानीभेरी नदीबाट यस गाँउपालिकाको नाम रहन गएको हो।जैविक विविधता र पहाडहरुले घेरेको सानीभेरी गाँउपालिकामा साविक गा.वि.स. हरु सिम्ली, गरायला, अर्मा, दुली (१, २, ३, ७, ८ र ९) र पुर्तिमकाँडा (१, २, ३, ६, ७ र ८) भु-भाग ओगेटेर बनेको यस गाँउपालिकाको कुल क्षेत्रफल १३३.८ वर्ग किलोमिटर रहेको र जसको केन्द्र सिम्लीमा रहेको छ । जम्मा ११ वडाहरुमा विभाजन गरिएको यस गाँउपालिकाको सिमाना पूर्वमा मुसिकोट नगरपालिका र बाँफिकोट गाँउपालिका, पश्‍चिममा जाजरकोट जिल्ला,उत्तरमा आठविसकोट नगरपालिका र दक्षिणमा चौरजाहारी नगरपालिका र त्रिवेणा गाउँपालिका रहेको भौगोलिक र प्रशासनिक बनोट रहेको छ । विविधतापूर्ण जातीय पहिचान रहेको  यस गाँउपालिकाको कुल जनसंख्या २२१९४ र मतदाता संख्या ११२६६ छ । निर्वाचन पश्‍चात जनप्रतिनिधिहरुको पदबहाली पहिलो पटक २०७४ जेष्ठमा सम्पन्‍न भई, सम्पूर्ण वडा कार्यालयहरु अस्थायी रुममा स्थापना भएर जनप्रतिनिधिद्धारा प्रभावकारी सेवा प्रवाह कार्य भईरहेको छ।