FAQs Complain Problems

वडा नं. १

संक्षिप्त परिचयः
साविक पुर्तिमकाँडा गा.वि.स.को ६, ७ र ८ वडा मिलाएर वर्तमान अवस्थामा सानोभेरी गाँउपालिका वडा नं. १ बनेको छ । यस वडाको पूर्वमा सानीभेरी गाँउपालिका वडा नं.२ छ भने पश्चिममा चौरजाहारी नगरपालिका पर्दछ । उत्तर भेरी नदिले जाजारकोट छुट्याएको छ । दक्षिणमा पनि चौरजाहरी नगरपालिका पर्दछ । वर्तमान अवस्थामा वडाको नामाकरण गरीएको छैन तर पहिलेको वडाको नामहरु टोलगतरुपमा चलिरहेको छन् । जगंलगाँउ, पक्रैया, बुकिचौर, र भण्डारबन आदि ।
ऐतिहासिक पृष्ठभूमिः
बाइसे चौविसे राज्यमध्ये जाजरकोटी र बाफिकोटे राजाहरुको शासन बाट प्रत्यक्ष प्रभावित यहाँका जनताको मुख्य पेशा कृषि तथा पशुपालन हो । माथिल्लो मौराखाराको भाग पाखो चाहर जमिन ,जङगल र तल्लो सानीभेरी नदिको किनारामा ज्यामिरे,गरायला,बेल्टापु ज्युलाहरु गरा परेका खेत भएर यस ठाउँको नाम गरायला रहन गएको हो । मध्य पहाडी लोकमार्गको निमार्ण सँगै पुरानो झोलुङगे पुल निमार्णाधिन मोटरेवल पुलले राज्यको पहुच तथा भौगोलिक रुपमा पछाडि परेकोमा यस ठाउँको शोभा सहित व्यापारीक क्षेत्र पुल पेदी बजार रुपमा परिचित भएको छ ।
अवस्थितिः
रुकुम(पश्चिम)को संघको एक र प्रदेशको लागी २ नं निर्वाचन क्षेत्रमा पर्ने सानीभेरी १ नं वडा को भौगोलिक अवस्थिति विश्व मानचित्रमा २८०.२९देखि २८०.४३उत्तरी अक्षांश र ८२०.१६ देखि ८२०.३० पूर्वी देशान्तरमा पर्दछ । सानीभेरी गाउँपालिकाको उत्तरी क्षेत्रमा पर्ने यस वडाको क्षेत्रफल ९.६३४ वर्ग कि.मि रहेको छ ।
भौगोलिक वनावटः
यस वडाको भौगोलिक आधरमा २ भागमा बाड्न सकिन्छ ।
(क) पहाडी भागः यस वडाको माथिल्लो धेरैजसो भाग वनजङल भिरालो जमिनले ढाकेकोले उव्जाउ कम मात्रामा मकै, गहुँ,कोदो, जौ, आलु आदि बालीहरुको उत्पादन गरिन्छ ।
(ख) ज्युला(बेशी)भागः यस वडाको सानीभेरी नदिको किनारमा रहेको भूभाग समथर,सीचाई सुविधा भएकोले खाद्य बाली (धान,गहुँ,मकै,)साथै तरकारीबाली (मास,आलु,खुर्सानी,अदुवा,तोरी आदि)उत्पादन राम्रो हुन्छ ।

 

Population: 
४२०४
Ward Contact Number: 
9864360617