FAQs Complain Problems

न्यायिक समितिको सचिवालय

न्यायिकसमितिको परिचय तथा क्षेत्राधिकार

नेपालको संविधानको धारा २१७ बमोजिम गठन हुने स्थानीय न्यायिक समितिलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ बमोजिम देहायका विवादको निरूपण गर्ने अधिकार हुनेछ भन्ने व्यवस्था गरेको छ ।

१ःआलीधुर, बाँध पैनी, कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग,

२ःअर्काको बाली नोक्सानी गरेको,

३ःचरन, घाँस, दाउरा,

४ःज्याला मजुरी नदिएको,

५ःघरपालुवा पशुपक्षी हराएको वा पाएको,

६ःजेष्ठ नागरिकको पालनपोषण तथा हेरचाह नगरेको,

७ःनाबालक छोरा छोरी वा पति–पत्नीलाई इज्जत आमद अनुसार खान लाउन वा शिक्षा दीक्षा नदिएको

८ःवार्षिक पच्चीस लाख रुपैयाँसम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा,

९ःअन्य व्यक्तिको घर, जग्गा वा सम्पतिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको,

१०ःआफ्नो घर वा बलेसीबाट अर्काको घर, जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको,

११ःसधियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको,

१२ःकसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुदै आएको बाटो, वस्तुभाउ निकाल्ने निकास, वस्तुभाउ चराउने चौर, कुलो, नहर, पोखरी, पाटी पौवा, अन्त्यष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्‍याएको,

१३ःसङ्घीय वा प्रदेश कानूनले स्थानीय तहबाट निरूपण हुने भनी तोकेका अन्य विवाद ।
(२) न्यायिक समितिलाई देहायका विवादहरूमा मेलमिलापको माध्यमबाट मात्र विवादको निरूपण गर्ने अधिकार हुनेछः–

१ःसरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकाको हकको जग्गा अर्कोले चापी, मिची वा घुसाई खाएको,

२ः सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरुको जग्गामा घर वा कुनै संरचना बनाएको,

३ः पति–पत्नीबीचको सम्बन्ध विच्छेद,

४ःअङ्भङ्ग बाहेकको बढीमा एक वर्षसम्म कैद हुन सक्ने कुटपिट,

५ः गाली बेइज्जती,

६ःलुटपाट,

७ः पशुपक्षी छाडा छाडेको वा पशुपक्षी राख्दा वा पाल्दा लापरबाही गरी अरुलाई असर पारेको,

८ःअरुको आवासमा अनधिकृत प्रवेश गरेको,

९ःअर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको,

१०ःध्वनी प्रदुषण गरी वा फोहोरमैला फ्याकी छिमेकीलाई असर पुर्‍याएको,

११ःप्रचलित कानून बमोजिम मेलमिलाप हुन सक्ने व्यक्ति बादी भई दायर हुने अन्य देवानी र एक वर्षसम्म कैद हुन सक्ने फौजदारी विवाद ।


मेलमिलापकर्ता

वडा नं १

वडा नं २

वडा नं ३

वडा नं ४

वडा नं ५

वडा नं ६

वडा नं ७

वडा नं ८

वडा नं ९

वडा नं १०

वडा नं ११


न्यायिक समिति पदाधिकारी

संयोजक कमला रोका पुन ☎ 9847887735
सदस्य कुल बहादुर बुढा ☎ 9847953581
सदस्य कृष्णा खत्री ☎ 9748480403

न्यायिक समिति कर्मचारी
सारदा चौधरी ☎ 9864360565