FAQs Complain Problems

वडा नं. ११

सानीभेरी गाउँपालीका वडा नं. ११ को संक्षिप्त परिचय
नेपाल अधिराज्यको कर्णाली. प्रदेश अन्र्तगत पश्चिम रुकुम जिल्लाको सानीभेरी गाउँपालीका वडा नं ११ मध्ये सदरमुकाम मुसिकोट नगरपालीका बाट ६ कोष टाढा रहेको यस वडा नं. ११ एक हो । यस वडा पश्चिम रुकुम जिल्लाको राजनैतिक विभाजन आनुसार संघको लागी सिङ्गो एक वटा निर्बाचन क्षेत्र पर्दाछ भने प्रदेश निर्बाचन क्षेत्रको लागी २ नं. क्षेत्र रहेको छ । यस वडाको पूर्बमा सानीभेरीे गाउँपालीकाको ९ नं. वडा र मुसिकोट नगपालीका वडा नं.१४दक्षिणमा चौरजाहारी नगरपालीका नं. १४ वडा र त्रिबेणी गाउँपालीकाको वडा नं १० पश्चिममा सानीभेरी गाउँपालीकाको १० नं.वडा र सानीभेरी गाउँपालीका वडा नं ८ र उत्तरमा सानीभेरी गाउँपालीकाको ंवडा नं.८र ९ पर्दछ ।
१. ऐतिहासिक पृष्ठभुमीः
स्थानिय वुढापाखाको भनाई अनुुसार यस ठाउमा नाममा कुनैपनि पौराणीक किबंदन्ती नभएतापनी यस सानीभेरी गाउँपालीका वडा नं. ११ मा आँमका रुखहरु भएकोले आँम र (र) बाट संमिश्रण भई अर्मा नाम रहन गएको हो । वि.स. २०३९ साल अघि यस सानीभेरी गाउँपालीका वडा नं.११ तत्कालीन अर्मा गा.वि.स.मा रहेको थियो । वि.स. २०३९ सालमा गाँउ पञ्चायत व्यवस्थित गर्ने क्रममा तत्कालीन अर्मा गा.वि.स.लाई अर्मा भनेर नामकरण गरियो । २०६२।०६३ सालको जनआन्दोलन र शान्ती सम्झौताको फलस्वरुप वि.स.२०७३।११।२७ गते स्थानिय निकाय विगटन भए पश्चायत तत्कालीन अर्मा गा.वि.स स्थानिय तह मा कार्यन्वयन आए पश्चात तत्कालीन अर्मा गा.वि.स का वडा नं.५,६,७,,८,९ लाई गाभेर यस सानीभेरी गाउँपालीकाको वडा नं. ११ काफलबोट रुकुम (पश्चिम) नामाकरण गरिएको हो ।
१.२ अवस्थिति
यस सानीभेरी गाउँपालीका वडा नं. ११ रुकुम जिल्लाको सघं को लागी १ वटा निर्बाचन क्षेत्र हो भने प्रदेश निर्बाचनको लागी निर्बाचन क्षेत्र नं. २ मा सिम्ली बग्ने ठुलो खोलाको किनारमा अवस्थित छ । भौगोलीक अवस्थित अनुुसार यस सानीभेरी गाउँपालीका वडा नं.११ रुकुम २८ डिग्री ३९ मिनेट देखी २८ डिग्री ४२ मिनेट उत्तरी अक्षँश र ८२ डिग्री २० मिनेट देखी ४२ डिग्री २० मिनेट देखी ४२ डिग्री २५ मनेट पूर्ब देशान्तरमा रहेको छ । यास वडाको क्षेत्रफल १५७४ हेक्टर रहेको छ ।
१.३ भौगोलीक स्वरुप
यस सानीभेरी गाउँपालीका वडा नं. ११ जिल्लाको पहाडी भु—भागमा पर्दाछ । यस वडाबगरदेखीभेरीखोलासम्म थोरै भाग फाट र ज्यूलामा पर्दाछन भने अरुबाकी भु—भाग धनारा, आम्रीडाँडा,काकुरचिरे,गरेना,तजेरे,खर्कडाँडा रान्जीउला,पोखरा बेशी मा पर्दाछन भने सानालेख,ठुलालेख,लगनचौर,बागखोर,सादनकोशी,पातिहाल्न,सानो जगर,ठुलो जगर,काडाँ गाउँलेख भागमा पर्दाछन । र सिम्ली बग्ने ठुलो खोला,भेरी खोला,राङ्खोला,सादीखोला,राक्से खोला मा पर्दाछन । र साजेपोखरी र थाङ्ने खोला कालो पातल सामुदायिक २ वटा बन जिल्ला बन कार्यालयमा दर्ता गरिएको छ । भने बनको, करिब क्षेत्रफल २७९हेक्टर जंगल रहेको छ ।
१.४ भौगोलीक बनवट
भौगोलीक बनवटको आधारमा यस सानीभेरी गाउँपालीका वडा नं. ११ लाई २ भागमा विभाजन गर्न सकिन्छ
क) लेख भाग
ख) बेशी ज्यूला भाग
क) लेख भाग
यस सानीभेरी गाउँपालीका वडा नं. ११ धेरै जसो भु—भाग पाहाडी क्षेत्रले भरिएको छ । भिरालो जमिन भएको हुनाले उव्जाउ र संचित जमिन रहेको छैन । यस भागमा विशेष गरी यस क्षेत्र अन्र्तगत बागखोर,लगनचौर,सानाकोशी,सानालेख,ठुलालेख,सानोजगर,ठुला जगर,पर्दाछन भने यस क्षेत्रमा विशेष गरी मकै ,गहुँ जौ कोदो फापर सुन्तला उत्पादन हुने गर्दछ । स्थानिय किसानहरुले बस्तुभाउहरु चरण गर्ने र मेलापात गर्ने ठाउँ यहि नै हो यहा जंगली जनवार बाँदर, गोही, स्याल, फ्याउरो, डुम्सी ,खरायो, रतुवा, घोरल, बाघ, जंगली जनवार पाईने गर्दाछन । भने पशुपंक्षीहरुमा कालिज, ढुक्कुर,तित्रा, जुरेली, काग, भगेरी, चिल, गिद्ध,चाखुरा,कोईली, बिभिन्ना किसिमका चराचुरङ्गी पाईन्छन ।
ख) ज्यूला बेशी
यस सानीभेरी गाउँपालीका वडा नं. ११ मा उत्पादँनको मुख्य स्थान धेरै कम रहेको छ । यस भागमा संचित क्षेत्र नभएकोले उत्पादनको दृष्टिमा कमै छ । तथापी नरम र बलौटे माटो भएको हुदा तरकारी खेतीको लागी उत्तम मानिन्छ । यस क्षेत्रको बगर अम्रीडाँडा,पोखरा,काफबोट,तजेरे,खर्कडाँडा,रान्चीउला,घुसबोट,धनारा,गरेना ज्यूला मा पर्दाछ । भने यस क्षेत्रमा मुख्य उत्पादनमा गहुँ,मकै,धानखेती र फलफुल आँप, केरा, सुन्तला, अदुवा, बेसार, बदाम, खेतीको लागी महत्वपूर्ण रहेको छ ।
१.५ खोला
क) सिम्ली बग्ने ठुलो खोला
यो खोलाको मुहान साविक आर्मा गा.वि.स.को वडा नं ६ हाल सानीभेरी गाउँपालीका वडा नं. ११ राङ्खोला, चिसा,सादिखोला साबिक आर्मा गा.वि.स. वडा नं १ छहरीपातल, बाट शुरु भई यस वडाको बगर काफलबोट,सागुरेबुदिसम मिसेएर वग्दाछ । यो खोला भिरालो भएर बहने हुँदा बर्षादमा खहरे खोलाको रुपमा वग्दाछ । वर्षादमा आवत जावत गर्न अप्ठ्यारो पर्दाछ भने हिउदमा पानिको मात्रा थोरै हुन्छ । यस खोलाले यस वडाको वगर,काफलबोट,जिउलाको पुरै भाग सिंचित गर्दाछ । यसको लम्बाइ करिब ३ कलिोमिटिर जती छ । यो खोला सानीभेरी गाउँपालीकाको वडा नं ९ हुदै सानीभेरी नदीमा गएर मिसिन्छ ।
ख) सादिखोला
यो खोलाको मुहान यस वडाको सादिखोला बाट शुरु भएको छ । यस खोलाको बाहव क्षेत्र थोरै भएको हुदा त्यती ठुलो छैन । तथापी यस वडाको लक्कुडाँडा तजेरे,काफलबोट वस्ती मा थोरै सिचाइको सुबिधा पर्ुयाको छ । यसको लम्बाइ करिब २ किलोमिटर जति रहेको छ । यो खोला काफबोट,सागुरे,हुदै सानीभेरी गाउँपालीका वडा नं ९ हुदै सानीभेरी नदीमा मिसिन्छ ।
ग) राङ्खोला
यो खोलाको मुहान साबिक अर्मा गा.विेस. वडा नं.६ राङ्खोला बाट शुर भएको छ । यस खोलाको बाहव क्षेत्र थोरै भएकोले त्यती ठुलो छैन तथापी यस खोलाले काकुरचिरे,ढार,बगर बस्तीहरुमा सिचाईको सुबिधा पुरयाएको छ । यो खोलाको लम्बाई ३.५ किलोमिटर रहेको छ । यो खोला काफलबोट हुदै सागुरे सानीभेरी गाउँपालीका वडा ९ हुदै सानीभेरी नदिमा मिसिन्छि
घ) राक्से खोला
यो खोलाको (साबिक आर्मा गा.वि.स. वडा नं १ हाल सानीभेरी गाउँपालीका वडा नं १० े छहरे पातल मुहान शुरु भएको छ । यस खोलाको बाहव क्षेत्र थोरै भएको हुदा त्यती ठुलो खोला हुदैन । बर्षातमा यो खोलाको बाहव धेरै हुन्छ भने गर्मी महिनामा खोलाको बाहव थोरै कम हुन्छ । तथापी यस वडाको राक्से खोला र बुदीसम सम्म सिचाईको सुबिधा पुर्याको छ । यो खोला बुदिसम हुदै सागुरे यस सानीभेरी गाउँपालीका वडा नं. ९ हुदै सानीभेरी नदीमा आएर मिसिन्छ ।
ङ) घुसबोट खोला
यो खोलाको मुहान साविक आर्मा गा.वि.स. वडा नं ८ हाल सानीभेरी गाउँपालीका वडा नं ११ घुसबोट मुहान बाट शुरु भएको छ । यस खोला बाट २.४० किलोवाट जलविद्युत उत्पादन गरि करिब २३ घर विजुलीको पहँचमा पुर्याएको छ । साथै रोकाय डेरा बस्ती र खर्काडाँडा बस्तीमा केही घरधुरीलाई खानेपानीको सुबिधा पुर्याएको छ ।

Population: 
२६३६
Ward Contact Number: 
9860905529