FAQs Complain Problems

वडा नं. ८

सानीभेरी गाउँपालीका वडा नं. ८ को संक्षिप्त परिचय
नेपाल अधिराज्यको ६ नं. प्रदेश अन्र्तगत पश्चिम रुकुम जिल्लाको सानीभेरी गाउँपालीका वडा नं ११ मध्ये सदरमुकाम मुसिकोट नगरपालीका बाट ५ कोष टाढा रहेको यस वडा नं. ८ एक हो । यस वडा पश्चिम रुकुम जिल्लाको राजनैतिक विभाजन आनुसार संघको लागी सिङ्गो एक वटा निर्बाचन क्षेत्र पर्दाछ भने प्रदेश निर्बाचन क्षेत्रको लागी २ नं. क्षेत्र रहेको छ । यस वडाको पूर्बमा सानीभेरी गाउँपालीकको ९ नं. वडा पश्चिममा सानीभेरी गाउँपालीकाको ७ नं. वडा र उत्तरमा सानीभेरी नदी र दक्षिणमा सानीभेरी गाउँपालीकाको १० नं.वडा र चौरजाहारी नगरपालीकाको १४ नं. वडा पर्दाछ ।
१. एतिहासिक पृष्ठभुमीः
स्थानिय वुढापाखको भनाई अनुुसार यस ठाउमा नाममा कुनैपनि पौराणीक किबंदन्ती नभएतापनी यस सानीभेरी गाउँपालीका वडा नं. ८ मा धेरै आँमका विरुवा डाँडा डाँडामा भएकोले आँमडाडा नाम रहन गएको हो । वि.स. २०३९ साल अघि यस बडा नं.८ तत्कालीन अर्मा गाबिस मा रहेता पनि वि.स. २०३९ सालमा गाँउ पञ्चायत व्यवस्थित गर्ने क्रममा तत्कालीन अर्मा गा.वि.स. का केही वडा मिलाएर सिम्ली गा.वि.स. भनेर नामकरण गरियो । त्यसपश्चात १० बर्ष शसस्त्र माओवादी जनयूद्ध र २०६२।०६३ सालको जनआन्दोलन र शान्ती सम्झौताको फलस्वरुप वि.स.२०७३।११।२७ गते स्थानिय निकाय विगटन भए पश्चायत तत्कालीन सिम्ली गा.वि.स स्थानिय तह मा कार्यन्वयन आए पश्चात तत्कालीन सिम्ली गा.वि.स का वडा नं.२,६,७ लाई गाभेर यस सानीभेरी गाउँपालीकाको वडा नं. ८ सिम्ली रुकुम नामाकरण गरिएको हो ।
१.२ अवस्थिति
यस सानीभेरी गाउँपालीका वडा नं. ८ रुकुम जिल्लाको सघं को लागी १ वटा निर्बाचन क्षेत्र हो भने प्रदेश निर्बाचनको लागी निर्बाचन क्षेत्र नं. २ मा सानोभेरी नदिको किनारमा अवस्थित छ । भौगोलीक अवस्थित अनुुसार यस सानीभेरी गाउँपालीका वडा नं.९ रुकुम २८ डिग्री ३८ मिनेट देखी २८ डिग्री ४१ मिनेट उत्तरी अक्षँश र ८२ डिग्री १९ मिनेट देखी ४२ डिग्री १९ मिनेट देखी ४२ डिग्री २४ मनेट पूर्ब देशान्तरमा रहेको छ । यास वडाको क्षेत्रफल ८०४४३७८ हेक्टर रहेको छ ।
१.३ भौगोलीक स्वरुप
यस सानीभेरी गाउँपालीका वडा नं. ८ जिल्लाको पहाडी भु—भागमा पर्दाछ । यस वडाको चौरमा थोरै भाग फाट र ज्यूलामा पर्दाछन भने अरु बाकी भु—भाग विप्पे ,माथिल्लो आमडाडा,डलसिंगे , लेख भागमा पर्दाछन । भने तल्लो आमडाडा,टाकुरा,खर्क,फुक्रु गाउ, जैदाने ,रोल ,लामडाडा ,पाखेरोल , बेशी मा पर्दाछन । हुसखोला , रोलखोला , खोला र नाला मा पर्दाछ ।
१.४ भौगोलीक बनवट
भौगोलीक बनवटको आधारमा यस सानीभेरी गाउँपालीका वडा नं. ८ लाई २ भागमा विभाजन गर्न सकिन्छ
क) लेख भाग ख) बेशी ज्यूला भाग
क) लेख भाग
यस सानीभेरी गाउँपालीका वडा नं. ८ धेरै जसो भु—भाग पाहाडी क्षेत्रले भरिएको छ । भिरालो जमिनले ढाकीएको हुनाले उव्जाउ र संचित जमिन रहेको छैन । यस भागमा विशेष गरी मकै ,गहुँ जौ कोदो फापर सुन्तला उत्पादन हुने गर्दछ । स्थानिय किसानहरुले बस्तुभाउहरु चरण गर्ने र मेलापात गर्ने ठाउँ यहि नै हो यहा जंगली जनवार बाँदर, गोही, स्याल, फ्याउरो, डुम्सी ,खरायो, रतुवा, घोरल, जंगली जनवार पाईने गर्दाछन । भने पशुपंक्षीहरुमा कालिज, ढुक्कुर,तित्रा, जुरेली, काग, भगेरी, चिल, गिद्ध,चाखुरा,कोईली, बिभिन्ना किसिमका चराचुरङ्गी पाईन्छन ।
ख) ज्यूला बेशी
यस सानीभेरी गाउँपालीका वडा नं. ८ मा उत्पादँनको मुख्य स्थान धेरै कम रहेको छ । यस भागमा संचित क्षेत्र नभएकोले उत्पादनको दृष्टिमा कमै छ । तथापी नरम र बलौटे माटो भएको हुदा तरकारी खेतीको लागी उत्तममानिन्छ । यस क्षेत्रको तल्लो आमडाडा ,टाकुरा , फुक्रु ,जैदाने ,रोल ,रोलखोला ,खर्कमा गहुँ,मकै,धान, खेती र फलफुल आँप खेतीको लागी महत्वपूर्ण रहेको छ ।
१.५ खोला
क) सिम्ली खोला
यो खोलाको मुहान साविक आर्मा गा.वि.स.हाल सानीभेरी गाउँपालीका वडा नं. ११ बाघखोर र वडा नं.१० को दाब्रे खोलाबाट शुरु भई यस वडाको सिम्ली बजार भएर वग्दाछ । यो खोला भिरालो भएर बहने हुँदा बर्षादमा खहरे खोलाको रुपमा वग्दाछ । वर्षादमा आवत जावत गर्न अप्ठ्यारो पर्दाछ भने हिउदमा पानिको मात्रा थोरै हुन्छ । यस खोलाले यस वडाको सिम्ली जिउलाको पुरै भाग सिंचित गर्दाछ भने २९ किलोवाटको हाइड्रो पावर उत्पादन गरी सानीभेरी गाउँपालीका वडा नं.९ का करिब २१७ घरधुरीलाई विद्युतको पहुँचमा परयाएको छ । यसको लम्बाइ करिब ६ कलिोमिटिर जती छ । यो खोला सानीभेरी नदीमा गएर मिसिन्छ ।
ख) हुसखोला
यो खोलाको मुहान यस वडाको विप्पे बस्ती बाट शुरु भएको छ । यस खोलाको बाहव क्षेत्र थोरै भएको हुदा त्यती ठुलो छैन । तथापी यस वडाको तल्लो आमडाडा ,टाकुरा ,हुसखोला वस्ती मा सिचाइको सुबिधा पुयाको छ । यसको लम्बाइ करिब २.५ किलोमिटर जति रहेको छ । यो खोला सानीभेरी नदीमा मिसिन्छ ।
ग) रोलखोला
यो खोलाको मुहान चौरजाहारी नगरपालीकाको १४ नं. वडा र सनीभेरी गाउँपालीकाको वडा न.७ ,८ को सिमाना बाट शुर भएको छ । यस खोलाले सानीभेरी गाउँपालीकाको नं. ८वडा र सानीभेरी गाउँपालीकाको वडा नं.७ सिमानाको रुपमा रहेको छ । यस खोलाको बाहव क्षेत्र धेरै भएकोले वर्षातमा आवतजावत गर्न धेरै अप्ठ्यारो हुन्छ । तथापी यस खोलाले ३३ किलोवाट रोलखोला जलविद्युत आयोजना उत्पादन गरिएर करिब ३०० घरमा विद्युत पहँुचमा पुर्एको छ भने सानीभेरी गाउँपालीका वडा नं. ७ को फुक्रुजिउला ,सहरे जिउला बस्तीमा सिचाईको सुबिधा पुरयाएको छ । यो खोलाको लम्बाई ३.५ किलोमिटर रहेको छ । यो खोला सानीभेरी नदिमा मिसिन्छि

Population: 
१५१४
Ward Contact Number: 
9848795925