FAQs Complain Problems

वडा नं. ९

सानीभेरी गाउँपालीका वडा नं. ९ को संक्षिप्त परिचय
नेपाल अधिराज्यको ६ नं. प्रदेश अन्र्तगत पश्चिम रुकुम जिल्लाको सानीभेरी गाउँपालीका वडा नं ११ मध्ये सदरमुकाम मुसिकोट नगरपालीका बाट ५ कोष टाढा रहेको यस वडा नं. ९ एक हो । यस वडा पश्चिम रुकुम जिल्लाको राजनैतिक विभाजन आनुसार संघको लागी सिङ्गो एक वटा निर्बाचन क्षेत्र पर्दाछ भने प्रदेश निर्बाचन क्षेत्रको लागी २ नं. क्षेत्र रहेको छ । यस वडाको पूर्बमा मुसिकोट नगरपालीकाको १४ नं. वडा पश्चिममा सानीभेरी गाउँपालीकाको ८ नं. वडा र उत्तरमा सानीभेरी नदी र दक्षिणमा सानीभेरी गाउँपालीकाको ११ नं.वडा र मुसीकोट नगरपालीकाको १४ नं. वडा पर्दाछ ।
१. एतिहासिक पृष्ठभुमीः
स्थानिय वुढापाखको भनाई अनुुसार यस ठाउमा नाममा कुनैपनि पौराणीक किबंदन्ती नभएतापनी यस सानीभेरी गाउँपालीका वडा नं. ९ मा सिम्सार क्षेत्र अर्थात सिमले धेरै जसो भाग ओगटेको हुनाले सिम र ले मिश्रणबाट मिले भनिएको र पछि अपभ्रंश भई सिम्ली रहन गएको हो । वि.स. २०३९ साल अघि यस बडा नं.९ तत्कालीन छिवाङ्ग गाबिस मा रहेता पनि वि.स. २०३९ सालमा गाँउ पञ्चायत व्यवस्थित गर्ने क्रममा तत्कालीन अर्मा गा.वि.स. का केही वडा र छिबाङ्ग गा.वि.स. का वडा मिलाएर सिम्ली गा.वि.स. भनेर नामकरण गरियो । त्यसपश्चात १० बर्ष शसस्त्र जनयूद्ध र २०६२।०६३ सालको जनआन्दोलन र शान्ती सम्झौताको फलस्वरुप वि.स.२०७३।११।२७ गते स्थानिय निकायविगटन भए पश्चायत तत्कालीन सिम्ली गा.वि.स स्थानिय तह मा कार्यन्वयन आए पश्चात तत्कालीन सिम्ली गा.वि.स का वडा नं.१,८,९ लाई गाभेर यस सानीभेरी गाउँपालीकाको वडा नं. ९ सिम्ली रुकुमनामाकरण गरिएको हो ।
१.२ अवस्थिति
यस सानीभेरी गाउँपालीका वडा नं. ९ रुकुम जिल्लाको सघं को लागी १ वटा निर्बाचन क्षेत्र हो भने प्रदेश निर्बाचनको लागी निर्बाचन क्षेत्र नं. २ मा सानोभेरी नदिको किनारमा अवस्थित छ । भौगोलीक अवस्थित अनुुसार यस सानीभेरी गाउँपालीका वडा नं.९ रुकुम २८ डिग्री ३८ मिनेट देखी २८ डिग्री ४१ मिनेट उत्तरी अक्षँश र ८२ डिग्री १९ मिनेट देखी ४२ डिग्री १९ मिनेट देखी ४२ डिग्री २४ मनेट पूर्ब देशान्तरमा रहेको छ । यास वडाको क्षेत्रफल ...............हेक्टर रहेको छ ।
१.३ भौगोलीक स्वरुप
यस सानीभेरी गाउँपालीका वडा नं. ९ जिल्लाको पहाडी भु—भागमा पर्दाछ । यस वडाको हाँसीबाङ्ग सुलीहाले सिम्ली बजार थोरै भाग फाट र ज्यूलामा पर्दाछन भने अरु बाकी भु—भाग टोट्के लेख छेलोहान्ने लेख चोत्रलोटे लोख घरेली,धैरेनी लेख भागमा पर्दाछन । भने मगररङ्जा,खामुहाले,चौर कुटी,जुमालडेरा खातीकाँडा इजर गरेना, कातीके, सिमलटाकुर बेशी मा पर्दाछन । सिम्ली खोला , खारखोला कैनखोला कातीके खोला र नाला मा पर्दाछन । र घरेलीमा १ वटा बन जिल्ला बन कार्यालयमा दर्ता गरिएको छ ।भने ,टुनीगैरा र टोट्केमा करिब ५०० हेक्टर जंगल रहेको छ ।
१.४ भौगोलीक बनवट
भौगोलीक बनवटको आधारमा यस सानीभेरी गाउँपालीका वडा नं. ९ लाई २ भागमा विभाजन गर्न सकिन्छ
क) लेख भाग ख) बेशी ज्यूला भाग
क) लेख भाग
यस सानीभेरी गाउँपालीका वडा नं. ९ धेरै जसो भु—भाग पाहाडी क्षेत्रले भरिएको छ । भिरालो जमिनले ढाकीएको हुनाले उव्जाउ र संचित जमिन रहेको छैन । यस भागमा विशेष गरी मकै ,गहुँ जौ कोदो फापर सुन्तला उत्पादन हुने गर्दछ । स्थानिय किसानहरुले बस्तुभाउहरु चरण गर्ने र मेलापात गर्ने ठाउँ यहि नै हो यहा जंगली जनवार बाँदर, गोही, स्याल, फ्याउरो, डुम्सी ,खरायो, रतुवा, घोरल, बाघ, जंगली जनवार पाईने गर्दाछन । भने पशुपंक्षीहरुमा कालिज, ढुक्कुर,तित्रा, जुरेली, काग, भगेरी, चिल, गिद्ध,चाखुरा,कोईली, बिभिन्ना किसिमका चराचुरङ्गी पाईन्छन ।
ख) ज्यूला बेशी
यस सानीभेरी गाउँपालीका वडा नं. ९ मा उत्पादँनको मुख्य स्थान धेरै कम रहेको छ । यस भागमा संचित क्षेत्र नभएकोले उत्पादनको दृष्टिमा कमै छ । तथापी नरम र बलौटे माटो भएको हुदा तरकारी खेतीको लागी उत्तम मानिन्छ । यस क्षेत्रको हाँसीबाङ्ग, सुलीहाले, खातीकाँडा सिमलटाकुरा,ईजर ,ओलीडेरा डारा,खामुहाले, चौर, कुटी, जुमालडेरा, मगरराङ्जा,मा गहुँ,मकै,धान, खेती र फलफुल आँप खेतीको लागी महत्वपूर्ण रहेको छ ।
१.५ खोला
क) सिम्ली खोला
यो खोलाको मुहान साविक आर्मा गा.वि.स.हाल सानीभेरी गाउँपालीका वडा नं. ११ बाघखोर र वडा नं.१० को दाब्रे खोलाबाट शुरु भई यस वडाको सिम्ली बजार भएर वग्दाछ । यो खोला भिरालो भएर बहने हुँदा बर्षादमा खहरे खोलाको रुपमा वग्दाछ । वर्षादमा आवत जावत गर्न अप्ठ्यारो पर्दाछ भने हिउदमा पानिको मात्रा थोरै हुन्छ । यस खोलाले यस वडाको सिम्ली जिउलाको पुरै भाग सिंचित गर्दाछ भने २९ किलोवाटको हाइड्रो पावर उत्पादन गरी करिब २१७ घरधुरीलाई विद्युतको पहुँचमा परयाएको छ । यसको लम्बाइ करिब ६ कलिोमिटिर जती छ । यो खोला सानीभेरी नदीमा गएर मिसिन्छ ।
ख) खारखोला
यो खोलाको मुहान यस वडाको टोट्के र तङ्ग बाट शुरु भएको छ । यस खोलाको बाहव क्षेत्र थोरै भएको हुदा त्यती ठुलो छैन । तथापी यस वडाको खातीकाँडा बस्ती र हासिबाङ्घ वस्ती मा सिचाइको सुबिधा पुयाको छ । यसको लम्बाइ करिब ४ किलोमिटर जति रहेको छ । यो खोला सानीभेरी नदीमा मिसिन्छ ।
ग) कैनखोला
यो खोलाको मुहान मुसिकोट नगरपालीकाको १४ नं. वडाको पानीखाने पातलबाट शुर भएको छ । यस खोला मुसिकोट नगरपालीकाको १४ नं.वडा र सानीभेरी गाउँपालीकाको वडा नं.९ सिमानाको रुपमा रहेको छ । यस खोलाको बाहव क्षेत्र थोरै भएकोले त्यती ठुलो छैन तथापी यस खोलाले हासिबाङ्ग बस्तीमा सिचाईको सुबिधा पुरयाएको छ । यो खोलाको लम्बाई ३.५ किलोमिटर रहेको छ । यो खोला सानीभेरी नदिमा मिसिन्छि

Population: 
१२६०
Ward Contact Number: 
९८६८०५२६४८